Monday, January 2, 2017

डिजिटल बल्ड प्रेसर मेसिन हस्तान्तरण

                       ज मिति २०७३/०९/१८ गतेका दिन यसै रुम गाविस वडा नं ३ मा जन्मिनु भएका हाल जापानमा कार्यरत श्री लिल कृष्ण पुनले यस रुम स्वास्थ्य चौकीलाई आधुनिक डिजिटल बल्ड प्रेसर मेसिन हस्तान्तरण गर्नु भएको छ। उहाँले TERUMO कम्पनीको बल्ड प्रेसर मेसिन हस्तान्तरण गर्नु भएको हो। जस्ले गर्दा बिरामीहरुको बल्ड प्रेसर परिक्षणमा अझै सहजता आएको छ। उपलब्ध गराउनु हुने लिल कृष्ण जीलाई धेरै-धेरै धन्यवाद।



Friday, December 23, 2016

स्वास्थ्य बीमाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

                  हि मिति २०७३ पौष ०८ गते शुक्रबारको दिन यसै रुम स्वास्थ्य चौकीमा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रम अन्तर्गत १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हे.पो. ब्यबस्थापन समितिका पदाधिकारीहरु, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेबिकाहरु, बिद्यालयका शिक्षक-शिक्षिका, समाजसेवी, महिलाप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो। कार्यक्रममा अध्यक्षताको आसन ग्रहण सामाजिक स्वास्थ्य सुरक्षा समिति रुमका संयोजक नन्द बहादुर पुन (रोका)को रहेको थियो।


कार्यक्रममा स्वास्थ्य बिमाको बारेमा स्वास्थ्य चौकीका हे.अ. तेजिन्द्र राना, अ.न.मी. धनमाया पुन र बीमा दर्ता सहयोगी लक्ष्मी जैसीले प्रिजेन्टेसन प्रस्तुत गर्नु भएको थियो भने डाडाँगाउ सामुदायिक स्वास्थ्य ईकाइका मन बहादुर बुढा र HC3 का साथी सहजकर्ता बिनिता घर्तीले मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको सन्चालन रुम स्वास्थ्य चौकीका प्रमुख तेजिन्द्र रानाले गर्नु भएको थियो।