Friday, December 23, 2016

स्वास्थ्य बीमाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

                  हि मिति २०७३ पौष ०८ गते शुक्रबारको दिन यसै रुम स्वास्थ्य चौकीमा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रम अन्तर्गत १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हे.पो. ब्यबस्थापन समितिका पदाधिकारीहरु, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेबिकाहरु, बिद्यालयका शिक्षक-शिक्षिका, समाजसेवी, महिलाप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो। कार्यक्रममा अध्यक्षताको आसन ग्रहण सामाजिक स्वास्थ्य सुरक्षा समिति रुमका संयोजक नन्द बहादुर पुन (रोका)को रहेको थियो।


कार्यक्रममा स्वास्थ्य बिमाको बारेमा स्वास्थ्य चौकीका हे.अ. तेजिन्द्र राना, अ.न.मी. धनमाया पुन र बीमा दर्ता सहयोगी लक्ष्मी जैसीले प्रिजेन्टेसन प्रस्तुत गर्नु भएको थियो भने डाडाँगाउ सामुदायिक स्वास्थ्य ईकाइका मन बहादुर बुढा र HC3 का साथी सहजकर्ता बिनिता घर्तीले मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको सन्चालन रुम स्वास्थ्य चौकीका प्रमुख तेजिन्द्र रानाले गर्नु भएको थियो।






Monday, December 5, 2016

उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका पुरस्कार बिमला रोकालाई

                   १३औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा रुम स्वास्थ्य चौकीमा सम्पन्न भएको कार्यक्रममा रुम गा.वि.स.का महिला स्वास्थ्य स्वयंसेविकाहरुमध्ये कार्य सम्पादन र मुल्याङ्कनका आधारमा रुम वडा ५ की महिला स्वास्थ्य स्वयंसेविका बिमला रोकालाई उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाको पुरस्कार प्रदान गरिएको छ।

सो कार्यक्रममा आफु उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका भएकोमा खुसि ब्यक्त गर्दै आगामी दिनहरुमा अझै राम्रो कार्य गर्ने हौसला मिलेको बताउनु भयो र अरु साथीहरुलाई पनि राम्रो काम गर्न सुझाब दिनुभयो।


१३औं महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न

                    ज मिति २०७३-०८-२० गतेका दिन "महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा: स्वस्थ, समृद्द राष्ट्र निर्माणमा टेवा"  भन्ने नाराका साथ १३औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  यस रुम स्वास्थ्य चौकीमा पनि विविध कार्यक्रमहरु गरि मनाइएको छ।


रुम स्वास्थ्य चौकीका प्रमुख हे.अ. तेजिन्द्र राना मगरको अध्क्षतामा सम्पन्न भएको सो कार्यक्रमको सन्चालन स्वास्थ्य चौकीका अ.हे.व. बिर बहादुर पुनले गर्नु भएको थियो। यस बर्षको कार्य सम्पादनको आधारमा रुम वडा ५ की महिला स्वास्थ्य स्वयंसेविका बिमला रोकालाई उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाको पुरस्कार समेत दिइएको थियो। कार्यक्रममा स्वागत मन्तब्य अ.न.मी. शान्ती सुनारले गर्नुभएको थियो भने अतिथी सुमित्रा गैरे, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका बिमला रोका, महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी जैसी लगाएतले मन्तब्य ब्यक्त गर्नुभेको थियो।