Friday, December 23, 2016

स्वास्थ्य बीमाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

                  हि मिति २०७३ पौष ०८ गते शुक्रबारको दिन यसै रुम स्वास्थ्य चौकीमा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रम अन्तर्गत १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हे.पो. ब्यबस्थापन समितिका पदाधिकारीहरु, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेबिकाहरु, बिद्यालयका शिक्षक-शिक्षिका, समाजसेवी, महिलाप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो। कार्यक्रममा अध्यक्षताको आसन ग्रहण सामाजिक स्वास्थ्य सुरक्षा समिति रुमका संयोजक नन्द बहादुर पुन (रोका)को रहेको थियो।


कार्यक्रममा स्वास्थ्य बिमाको बारेमा स्वास्थ्य चौकीका हे.अ. तेजिन्द्र राना, अ.न.मी. धनमाया पुन र बीमा दर्ता सहयोगी लक्ष्मी जैसीले प्रिजेन्टेसन प्रस्तुत गर्नु भएको थियो भने डाडाँगाउ सामुदायिक स्वास्थ्य ईकाइका मन बहादुर बुढा र HC3 का साथी सहजकर्ता बिनिता घर्तीले मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको सन्चालन रुम स्वास्थ्य चौकीका प्रमुख तेजिन्द्र रानाले गर्नु भएको थियो।






Monday, December 5, 2016

उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका पुरस्कार बिमला रोकालाई

                   १३औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा रुम स्वास्थ्य चौकीमा सम्पन्न भएको कार्यक्रममा रुम गा.वि.स.का महिला स्वास्थ्य स्वयंसेविकाहरुमध्ये कार्य सम्पादन र मुल्याङ्कनका आधारमा रुम वडा ५ की महिला स्वास्थ्य स्वयंसेविका बिमला रोकालाई उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाको पुरस्कार प्रदान गरिएको छ।

सो कार्यक्रममा आफु उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका भएकोमा खुसि ब्यक्त गर्दै आगामी दिनहरुमा अझै राम्रो कार्य गर्ने हौसला मिलेको बताउनु भयो र अरु साथीहरुलाई पनि राम्रो काम गर्न सुझाब दिनुभयो।


१३औं महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न

                    ज मिति २०७३-०८-२० गतेका दिन "महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा: स्वस्थ, समृद्द राष्ट्र निर्माणमा टेवा"  भन्ने नाराका साथ १३औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  यस रुम स्वास्थ्य चौकीमा पनि विविध कार्यक्रमहरु गरि मनाइएको छ।


रुम स्वास्थ्य चौकीका प्रमुख हे.अ. तेजिन्द्र राना मगरको अध्क्षतामा सम्पन्न भएको सो कार्यक्रमको सन्चालन स्वास्थ्य चौकीका अ.हे.व. बिर बहादुर पुनले गर्नु भएको थियो। यस बर्षको कार्य सम्पादनको आधारमा रुम वडा ५ की महिला स्वास्थ्य स्वयंसेविका बिमला रोकालाई उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाको पुरस्कार समेत दिइएको थियो। कार्यक्रममा स्वागत मन्तब्य अ.न.मी. शान्ती सुनारले गर्नुभएको थियो भने अतिथी सुमित्रा गैरे, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका बिमला रोका, महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी जैसी लगाएतले मन्तब्य ब्यक्त गर्नुभेको थियो।






Thursday, October 6, 2016

कार्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाइने

                      हि कार्तिक २ र ३ गतेका दिन ६ महिना देखि ५ बर्षमुनिका बालबालिकालाई 'भिटामिन ए' र १ बर्ष देखि ५ बर्षमुनिका बालबालिकालाई 'जुकाको औषधी' खुवाइदै छ। दुई दिनसम्म खुवाइने कार्यक्रम रहेकाले आफुलाई पायक पर्ने ठाउँमा गएर खुवाउन रुम स्वास्थ्य चौकी आहृवान गर्दछ ।

खुवाइने मिती 
२०७३ साल कार्तिक २ र ३ गते

यस कार्यक्रमको मुख्य उद्देश्यहरु
- बाल मृत्युदर घटाउने
- भिटामिन ए को कमीका कारण हुने आखा सम्बन्धि रोगहरुको रोकथाम गर्ने
- भिटामिन ए को कमीलाई जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहन नदिने


स्थान
रुम गा वि सका वडामा रहेका केन्द्रहरु तथा महिला स्वास्थ्य स्वयम सेविकाहरु


सम्पर्क
1. महिला स्वास्थ्य स्वयम सेविकहरु
वडा १ : छलमाया पुन
वडा २ : थकमाया पुन
वडा ३ :  बाल कुमारी पुन
वडा ४ : लिला पुन
वडा ५ : बिमला रोका
वडा ६ : धन कुमारी रोका
वडा ७ : मन कुमारी बुढा
वडा ८ : लक्ष्मी घर्ती
वडा ९ : लक्ष्मी जैसी
तथा रुम स्वास्थ्य चौकी

Sunday, September 25, 2016

मिर्गौलाको पत्थरी : लक्षणहरु

                              मिर्गौलाको मुख्य काम रगतलाई फिल्टर गरी सफा गर्ने र विकार वस्तुलाई पिसाबबाट बाहिर फ्याँक्ने हो । यो क्रममा यदि फिल्टर भएको वस्तुको मात्रा बढ्न गए वा फिल्टर भएर गैसकेपछि पिसाबको वहाबमा कुनै किसिमको अवरोध आएमा वा शरीरभित्रको मेटावोलिजममा समस्या भएमा पत्थरी हुन सक्छ । जन्मजात, वंशाणुगत युरिक एसिड र अक्जालेटको मेटाबोलिजममा गडबड भयो भने पनि मिर्गौैलामा पत्थरी हुने सम्भावना बढी हुन्छ ।

लक्षणहरु
- दाँया बाँया कोखा दुख्नु
- कोखाको दुखाई जाँघतिर सर्नु
- छिटो छिटो पिसाब लाग्नु
- पिसाबले पोलेको जसतो हुनु
- पिसाब बाक्लो तथा रातो हुनु
- ज्वरो आउने
- बान्ता आउला जस्तो हुने
- पिसाबमा रगत देखिने
- जोर्नी दुख्ने

यी लक्षण नदेखिएमा पनि पत्थरी हुनसक्छ । सामान्य व्यक्तिलाई सिटी स्क्यान गर्दा पनि पत्थरी भएको भेटिन्छ । पत्थरी भएर शरीरभित्र असर गरिरहेको हुन्छ तर बाहिरी रुपमा कहिलेकाँही थाहा हुदैन ।

[ साभार : स्वास्थ्य खबरपत्रिका ]

क्यान्सर रोगवाट बच्ने उपायहरु

                           क्यान्सर एक जटिल रोग हो तर पनि करिव ४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिन्छ । एक तिहाई अर्थात ३३ प्रतिशत क्यान्सर समयमा पत्ता लगाएर उपचार गरी निको पार्न सकिन्छ । र बाँकी करीब २७ प्रतिशतलाई पनि उचित उपचारबाट आयु लम्याउन सकिन्छ । क्यान्सर रोगको मुख्य कारक तत्वको खोजी गर्दा बदलिदो जीवनशैली, खानपान, बाताबरणीय प्रभाव प्रमुख रुपमा आउछ । त्यसैले क्यान्सर रोगवाट बच्न निम्न उपायहरु अपनाउन सकिन्छ :

 चुरोट,बिंडी, खैनी, सुर्ती, जाँड, रक्सीको सेवन नगर्ने । 
 पोलेर डढेको मासु र अन्य खानेकुराहरू नखाने ।
☞ बासी, सडेगलेको र ढुसी परेको खानाहरू नखाने । 
☞ अखाद्य रंग, रसायनिक मल, किटनाषक औषधि प्रयोग गरिएका खानेकुराहरू नखाने । 
☞ चिल्लो बोसोयुक्त खानेकुराहरू र धेरै नुन नखाने । 
☞ धुलो,धुवाँ तथा वातावरणीय प्रदुषणबाट जोगिने । 
☞ महिलाहरूले नियमित रुपले गर्भासय स्राव परीक्षण गर्ने । 
☞ स्तनमा गिर्खा,गाँठागुठीे छ–छैन प्रत्येक महिना राम्ररी छामेर हेर्ने र फेला परेमा स्वास्थ्यकर्मीहरुसंग परामर्श लिने । 
☞ दिनहुँ शारीरिक व्यायाम गर्ने, अनावश्यक मोटोपन घटाउने । 
☞ मौसम अनुसारको हरियो सागपात, तरकारी र फलफूल दिनहुँ खाने ।

[ साभार : नेपाली हेल्थ ]



Thursday, September 22, 2016

सुरक्षित गर्भपतन सेवाको गुणस्तर सुधार (COPE) मिटिङ्ग सम्पन्न

                               ज मिति २०७३-०६-०६ गते बिहीबारका दिन यस रुम स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवाको गुणस्तर सुधार  (COPE) मिटिङ्ग सम्पन्न भएको छ। मिटिङ्ग रुम स्वास्थ्य चौकीको अधक्ष्य पुर्ण प्रसाद शर्माको अधक्ष्यता सम्पन्न भएको थियो भने सो मिटिङ्गमा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीकी प.हे.न. लिला गौतम, आइपासकी उपमा बराल, सिफ्पोकी रिता बुढाको पनि उपस्थिती रहेको थियो। साथै आमन्त्रित सदस्यमा अमरज्योती मा.वि.का छात्र सोम बहादुर बुढा र राष्ट्रिय मा.वि.की छात्रा बसन्ती पुनलाई नियुक्त गरिएको थियो।


सुरक्षित गर्भपतन सेवालाई अझै प्रभाबकारी गराउने उद्देश्यले सन्चालन भएको सो मिटिङ्गमा व्यबस्थापन समितिका उपाध्क्ष्य : नन्दु पुन, सदस्यहरु : अमरसिँह पुन, टंक पुन, बिमला रोका, घनदेवी घर्ती, सीता पुन, अहेब : विर बहादुर पुन, अनमी : धनमाया पुन लगाएतको उपस्थिती रहेको थियो भने सन्चालन  स्वास्थ्य चौकीक प्रमुख तेजिन्द्र रानाले गर्नु भएको थियो ।




Wednesday, September 14, 2016

कम रक्तचाप हुनाको कारण र बढाउने उपायहरु

                            रीर तन्दुरुस्त हुनलाई हाम्रो शरीरमा निरन्तर रक्त प्रवाह भइराख्नु पर्दछ । रक्त प्रवाह हुँदा मुटु प्रत्येक समय फुक्ने र खुम्चिने गर्दछ । मुटु खुम्चिँदा मुटुमा चाप पर्दछ यसलाई नै रक्तचाप भनिन्छ । सामन्यतया रक्तचाप १२०/८० मि.मि. हुनु पर्दछ । अलि अलि तल माथि हुनु सामान्य मानिए पनि माथिको प्रेसर (सिस्टोलिक) ९० मि.मि. भन्दा तल र तलको प्रेसर (डायस्टोलिक) ६० मि.मि. बाट तल झर्नुलाई कम रक्तचाप भनिन्छ। कम रक्तचापलाई मेडिकल भाषामा हाइपोटेन्सन (Hypotension) भन्ने गरिन्छ।

कम रक्तचाप हुनुका कारणहरु
१. शरीरमा पानीको मात्रा घट्नु
२. रगत धेरै बग्नु
३. मुटुको मांसपेशी कमजोर हुनु
४. शरीरको कुनै अंगमा जलन हुनु
५. पोषणको कमी
६. गर्भावस्था
७. मुटुको चाल फरक हुनु




ब्लड प्रेसर कम भएमा बढाउने ६ उपायहरु 
१. नुनपानी वा नुनिलो खानेकुरा सामान्य भन्दा केही बढि खानुहोस् । नुनमा भएको सोडियमले रक्तचाप बढाउन सहयोग गर्छ । तर नुनको धेरै मात्रा भने शरीरका लागि हानिकारक हुन्छ।
२. कफीको सेवनले पनि रक्तचाप बढाउँछ । त्यसैले कम रक्तचापको समस्या छ भने विहान तथा दिउसो कफी पिउन नभुल्नुहोस् ।
३. किसमिसको सेवन पनि हाइपोटेन्सनको उपचारको लागि लाभदायक छ । बेलुकी किसमिसलाई पानीमा भिजाउनुहोस् र अर्को बिहान खाली पेटमा त्यसलाई चपाएर खानुहोस् ।
४. अदुवाको प्रयोग गर्नुहोस्। हरेक दिन खाना खानुभन्दा पहिले उक्त अदुवाका केही टुक्रा चपाउने हो भने कम ब्लड प्रेसरको समस्या विस्तारै हट्ददै जान्छ ।
५. खजुरको सेवन पनि निकै लाभदायी हुन्छ । खजुरको नियमित सेवले रक्तचाप बढाएर सन्तुलनमा ल्याउँछ ।
६. अनारको नियमित सेवन पनि निकै फाइदाजनक छ । यसले कम रक्तचापको समस्या पनि न्युनिकरण गर्दछ । 

ब्लड प्रेसर हाई भएकाले जान्नैपर्ने ८ कुराहरु

                         के तपाईलाई ब्लड प्रेसर हाईको समस्या छ। यदि छभने सधै याद गर्नुहोस्, यी ८ कुराहरु :

१. रक्तचाप नियन्त्रण नभएको मानिसले रक्सी सेवन गरेमा मष्तिस्कघात हुने सम्भावना एकदम बढी हुन्छ । त्यसैले मदिराको सेवन नगरौ ।
२. २० वर्षभन्दा कम उमेरमा पनि उच्च रक्तचाप देखिन सक्छ, जस्लाई सेकेन्ड्री हाइपरटेन्सन भनिन्छ ।
३. पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउँछ जस्तै :- सुन्तला, कागती, मौसम, केरा र ताजा फलफूल आदि ।
४. उच्च रक्तचाप देखिने बित्तिकै औषधि सुरु गर्नु हुँदैन । तर असर देखिएमा डाक्टरको सल्लाहअनुसार औषधि सुरु गर्नुपर्छ ।
५. औषधि आफूखुसी छाड्नु हुँदैन ।
६. जीवनशैली परिवर्तन पछि रक्तचाप नियन्त्रणमा आएमा विशेषज्ञको निगरानीमा औषधि बन्द गर्न सकिन्छ ।
७. मुटुरोग विशेषज्ञको सल्लाह बिना औषधि सेवन गर्नुहुँदैन ।
८. गर्भवति महिलालाई उच्च रक्तचाप देखिएमा तुरुन्त विशेषज्ञको सल्लाह लिनुपर्छ ।

[ साभार : स्वास्थ्य खबरपत्रिका ]


Tuesday, September 13, 2016

गाउँपालिकामा २ डाक्टर सहित कम्तिमा ६० स्वास्थ्यकर्मी

                            गाविस सचिव हकहित संरक्षण केन्द्रले अब बन्ने गाउँपालिकामा २ मेडिकल अधिकृत सहित कम्तिमा ६० जना स्वास्थ्यकर्मी आवश्यक पर्ने अवधारणा सार्वजनिक गरेको छ । हरेक गाउँपालिकामा १२० देखि १९० जना जनशक्ति आवश्यक पर्ने भन्दै केन्द्रले गाउँपालिका अन्तर्गतका स्वास्थ्य निकायमा वडाको सँख्या हेरी ६० देखि १ सय १० जना स्वास्थ्यकर्मी आवश्यक पर्ने जनाएको हो । संविधानले प्रत्याभूत गरेको अधिकार प्रदान गर्न स्थानीय सरकारको आकार र जनशक्ति बढ्ने केन्द्रका अध्यक्ष दामोदर रिजालले बताए । ‘स्थानीय सरकारले नै स्वास्थ्यका आधारभूत सेवा प्रदान गर्ने भएकाले त्यस अनुसार नै अवधारणाको विकास गरी जनशक्तिको प्रस्ताव गरिएको हो,’ उनले भने ।



केन्द्रले अघि सारेको प्रस्ताव अनुसार, गाउँपालिका अन्तर्गत १५ बेडको स्वास्थ्य केन्द्र रहने प्रस्ताव गरिएको छ । यसलाई अस्पतालको रुपमा समेत विकास गर्न सकिने केन्द्रको प्रस्ताव छ । उक्त केन्द्रमा दुई जना मेडिकल अधिकृत(डाक्टर)को दरबन्दी हुनुपर्ने अवधारणा अघि सारेको छ । गाउँपालिकाको केन्द्रमा २ जना हेल्थ असिस्टेन्ट, ३ जना स्टाफ नर्स, ३ जना अनमी, ३ जना अहेव हुनेछन् । फार्मेसी, ल्याब टेक्निसियन, एक्सरे प्राविधिक, मेडिकल रेकर्ड किपर, भ्याक्सिनेसन, डेन्टल असिस्टेन्ट पदमा १–१ जना प्राविधिकको प्रस्ताव छ । उक्त स्वास्थ्य केन्द्रमै आयुर्वेद हेर्ने युनिट पनि रहनेछ । जसका लागि कविराज र बैद्यको दरबन्दी रहनेछ । उक्त केन्द्रमा ३ जना सहयोगी हुनेछन् ।

गाउँपालिका मातहतको स्वास्थ्य केन्द्रले वडा तहमा पनि स्वास्थ्य चौकी रहने खाका तयार भएको छ । यस्ता केन्द्रहरु हरेक वडा कार्यालयहरुमा स्थापना गर्न आवश्यक रहेको गाविस सचिव हकहित केन्द्रले  जनाएको छ । स्वास्थ्यचौकीमा १ जना हेल्थ असिस्टेन्ट, २ जना अहेव, २ जना अनमी, १ जना मातृ शिशु कार्यकर्ता र १ जना सहयोगी हुनुपर्ने माग छ । केन्द्रको प्रस्ताव अनुसार, २५ जनाको स्वास्थ्यकर्मीको टोली गाउँपालिकाको केन्द्र रहने १५ शैयाको अस्पतालमा कार्यरत हुनेछ । वडा तहमा ७ जनाको टोली हुनेछ । स्थानीय तह पुनर्संरचना आयोगले हरेक गाँउपालिकामा ५ देखि २१ वडाको परिकल्पना गरेको छ । ५ वडायुक्त गाँउपालिका भएमा केन्द्रमा २५ सहित वडा तहमा ३५ गरी कुल ६० जना स्वास्थ्यकर्मी आवश्यक पर्नेछ । तर १२ वडाको गाउँपालिकामा भने करिव १ सय १० स्वास्थ्यकर्मी आवश्यक पर्ने देखिन्छ ।

[ साभार : स्वास्थ्य खबर पत्रिका ]

Thursday, September 8, 2016

पि.सी.भी. (PCV) खोप

                 पि.सी.भी (PCV) खोपले न्यूमोनिया रोग बिरुद्ध सुरक्षा प्रदान गर्दछ । पि.सी.भी खोप न्यूमोकोकस नामक व्याक्टेरियाबाट तयार गरिएको खोप हो । पिसीभीको पुरा रुप Pneumococcus Conjugated Vaaccine हो। यो तयारी झोलको रुपमा १० मात्राको भाइलमा उपलब्ध हुन्छ ।

खोप दिने उमेर
यो पहिलो मात्रा ६ हप्तामा, दोस्रो मात्रा १० हप्तामा र तेस्रो मात्रा १४ हप्तामा गरी तीन पटक दिइन्छ । यो खोप ०.५ मि.ली.मात्रा दिइन्छ ।

खोप दिने स्थान
यो खोप बायाँ तिघ्राको माथिल्लो भागमा दिनुपर्दछ ।

दिनुपर्ने मात्रा 
तीन मात्रा (६ हप्तामा, १० हप्तामा र १४ हप्तामा)

खोप दिने तरीका
यो खोप मासुभित्र दिनुपर्दछ । खोप दिनु अगाडि शिशुलाई सही आसनमा राखी सूईलाई ९० डिग्रीको कोण
पारी मासुभित्र दिइन्छ ।

दिन नहुने अवस्था 
अघिल्लो मात्रा दिंदा कडा प्रतिक्रिया (Anaphaylactic Reaction) भएको अवस्थामा

आमा/अभिभावकलाई सुझाब
 पि.सी.भी खोप लिएपछि प्रायःजसो केटाकेटीहरूलाई ज्वरो आउन सक्छ ।
 खोप लगाएपछि ज्वरो आएमा वा सुई लगाएको स्थानमा सुन्निएमा प्यारासिटामोल दिन सकिन्छ ।
 खोप लगाएका प्रायःजसो केटाकेटीहरूलाई सुई दिएको ठाउँमा दुख्ने, रातो हुने अथवा सुन्निने
हुनसक्छ । तर कहिलेकाँही बच्चा ३ घण्टा भन्दा बढी समयदेखि लगातार रोइरहेमा स्वास्थ्यकर्मीसँग
तत्काल सम्पर्क गर्नुपर्दछ ।

बिसिजी (BCG) खोप

                    बि.सि.जी. खोपले बच्चाहरूलाई क्षयरोग विरुद्ध सुरक्षा प्रदान गर्दछ । वि.सि.जी. को पूरा अर्थ व्यासिलस क्यालमेट ग्यूरिन (Bacillus Calmatte Guerine) हो । व्यासिलसले ब्याक्टेरीयाको आकार बुझाउँछ भने क्यालमेट र ग्यूरिनले यो खोप पत्ता लगाउने व्यक्तिहरूको नाम बताउँछ ।  यो खोप कमजोर पारिएको जिवित जिवाणु (Live Attenuated) वाट बनाइएको हुन्छ ।

खोप दिने उमेर
यो ०.०५ मि.ली. बच्चा जन्मनेवित्तिकै देखि एकबर्षको उमेरभित्र एक पटक दिइन्छ ।

दिनुपर्ने मात्रा 
एक मात्रा

खोप दिने स्थान
दायाँ पाखुराको माथिल्लो बाहिरी भाग ।

खोप दिने तरीका
यो खोप छालामा दिइन्छ । खोप दिनु अगाडि शिशुलाई सही आसनमा राखी सूईलाई १५० कोणमा राखी
छालामा दिनुपर्दछ ।

खोप दिन नहुने अवस्था
 एच.आई.भी संक्रमित शिशुहरु
 सिकिस्त विरामी (तर निको भइसकेपछि दिनुपर्दछ),
 कडा कुपोषण

आमा/अभिभावकलाई सुझाब
 खोप दिएको स्थानमा माड्नुहुँदैन साथै अन्य कुनैपनि चीज जस्तै तेल साबुन आदि पार्नुहुँदैन ।
 बि.सि.जी. सुई दिएको स्थानमा धेरैजसो बच्चाहरूमा प्रतिक्रिया स्वरुप पाक्न जान्छ । यो २ हप्तासम्म रहनसक्छ ।
 साधारणतया बि.सि.जी. खोप दिएको स्थानमा सानो डल्लो/फोका जस्तो देखापर्दछ ।
 खोप पश्चात् छाला पाक्नु भनेको रोगसँग लड्ने शक्ति प्राप्त गरेको चिन्ह हो ।

Sunday, September 4, 2016

जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा करार सेवामा २४ अनमी, ८ अहेवको माग

                    जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले ए.आर.टी. काउन्सिलर १ जना, अ.न.मी. २४ जना, अ.हे.व. ८ जना र कम्प्युटर सहायक १ जना करार सेवाको लागि माग गरेको छ। कार्यालयले २०७३-०५-१७ गते सो सुचना प्रकाशित गरी दर्खास्त आह्वान गरेको हो। दर्खास्त दिन शैक्षिक योग्यता भएका इच्छुक उम्मेदारले यो सुचना प्रकाशित गरेको १५ दिन भित्र दर्खास्त बुझाउन वा सम्पर्क गरिसक्नु पर्नेछ।

(C) Ruma Health Post.

Saturday, July 23, 2016

सहयोगी सम्पूर्णमा हामी आभारी छौ

                   रुम स्वास्थ्य चौकी निर्माणको लागि चाहिने आवश्यक जग्गाको लागि सहयोगमा जुटिरहनु भएका "रुम समाज बिकास सँघ" र सम्पुर्ण सहयोगी मनहरुलाई रुम स्वास्थ्य चौकी परिवार ह्रदयदेखि नै आभार प्रकट गर्न चाहन्छौ।

सहयोगीहरुको नामावली :

१. लोकेश रोका : रु २ लाख ७ हजार ७ सय ७
२. बिष्णु पुन र आशिर्वाद पुन (The Magar's Creation) : रु १ लाख ५० हजार
३. तुलबहादुर रोका : रु ५५ हजार
४. लक्ष्मी पुन : रु ५० हजार
५. पिर्थी लाल बिक : रु ५० हजार
६. लिलकृष्ण पुन : रु २० हजार
७.  राम रोका : रु २० हजार
८. ओमप्रकाश पुन : रु २० हजार
९. भक्ति लाल बिक  : रु १५ हजार
१०. मदन बिक : रु १० हजार
११. हिरालाल बिक : रु १० हजार
१२. भक्त बहादुर  : रु १० हजार
१३. लिलकृष्ण पुन : रु ३ हजार ५ सय
१४. रुम समाज बिकास सँघ : रु ६५ हजार
१५. भरत रोका : रु ५ हजार
१६. नर बहादुर् रोका : रु १५ हजार
१७. तिलक पुन : रु २५ हजार १ सय २५
१८. बोम बहादुर बिक : रु २० हजार
सहयोगी सम्पुर्णलाई फेरी हृदयदेखि नै धन्यवाद ।

माथिका सम्पुर्ण विवरणहरु रुम समाज विकास सँघका सल्लाहकार श्री लिलकृष्ण पुन लक्षु को फेसबुक पोस्टबाट साभार गरिएको हो।  साथै कसैको नाम वा रकम फरक परेमा या थप-घट गर्नुपरेमा कमेन्ट बक्समा लेखिदिनु होला। )

१. ओ.पी.डी. सेवा

  •  बिरामी जाँच
  • औषधी बितरण

२. खोप सेवा

३. परिवार नियोजन सेवा 

  • कण्डम
  • पिल्स
  • डिपोप्रोभेरा (३ महिने सुई)
  • इम्पलान्ट 
  • आइ.यु.सी.डी.

४. गर्भवती जाँच सेवा

५. प्रसुती सेवा

६. सुरक्षित गर्भपतन सेवा

७. गाउँघर क्लिनिक
८. क्षयरोगको DOTS सेवा


( कृपया प्रतिक्षा गर्नुहोला अपडेट हुँदैछ..........)

पानीजन्य रोग लाग्नबाट बचौँ

                 गातार वर्षाका कारण पानीका मुहान नै प्रदूषित हुने गर्दछ। यदि पानीको शुद्धिकरणमा ख्याल नगर्ने हो भने झाडापखाला, आउँ, हैजा, टाइफाइड, जण्डिस जस्ता रोग लाग्ने सम्भावना धेरै हुन्छ । त्यसैले वर्षाका बेला दूषित पानी र खानाका कारण खासगरी बालबालिकामा टाइफाइड, झाडापखाला र रुघाखोकीले छिटै आक्रमण गर्ने भएकाले अभिभावकले सरसफाइ, शुद्ध र ताजा खानेकुरा अनि पानीको शुद्धिकरणमा बढी ध्यान दिनुपर्दछ।

" सुरक्षित पानी मात्र पिउने गरौ "

Wednesday, June 29, 2016

अन्धोपनको प्रमुख कारण : मोतिबिन्दु

                        स रुम स्वास्थ्य चौकीका प्रमुख तेजिन्द्र राना मगरको आज (२०७३-०३-१५ गते) का दिन "रुप्से दैनिक"मा प्रकाशित लेख । साथै यो लेख उहाँकै आफ्नै ब्लगमा पनि पढ्न सक्नुहुनेछ।
Link -----> http://ranatejin.blogspot.com/2016/02/blog-post.html


Sunday, June 26, 2016

कार्यरत स्वास्थ्यकर्मीहरु (Staff)

तेजिन्द्र राना (संस्था प्रमुख)
पद : हे.अ.
सेवा अवधि : १ बर्ष
ठेगाना : देविस्थान-७, म्याग्दी

बीर बहादुर पुन
पद : अ.हे.व.
सेवा अवधि : २ बर्ष
ठेगाना : रुम-१, म्याग्दी

मिलन कुमारी बुढाथोकी
पद : अ.न.मी.
सेवा अवधि : - बर्ष
ठेगाना : रुम-८, म्याग्दी


धनमाया पुन
पद : अ.न.मी.
सेवा अवधि : - बर्ष
ठेगाना : रुम-१, म्याग्दी

घनित्रा पुन
पद : का.स.
सेवा अवधि : १ बर्ष
ठेगाना : ओखरबोट-४, म्याग्दी

About Ruma Health Post (रुम स्वास्थ्य चौकीको बारेमा)

         रुम स्वास्थ्य चौकी एक सरकारी स्वास्थ्य संस्था हो। यसको स्थापना वि.सं. २० सालमा भएको थियो भने ... please wait ...

Contact Us

यदि तपाई समक्ष केही सल्लह सुझाव दिन चाहनुहुन्छ या हामीलाई सम्पर्क गर्न चाहनु हुन्छ भने हाम्रो वेवसाइट, फेसबुक पेज या तलको नम्बरहरुमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ ।

Web : www.RumaHealthPost.blogspot.com
Facebook : www.facebook.com/RumaHealthPost

सम्पर्क नम्बरहरु :
- तेजिन्द्र राना (हे.अ.) : ९७४१४२४५७०, ९८४७७६१६१८
- बीर बहादुर पुन (अ.हे.ब.) : ९७४५०१९१३२
- मिलन कुमारी बुढाथोकी (अ.न.मी.) : ९७४६७०१००५
- धनमाया पुन (अ.न.मी.) : ९८६७६२४११९
- घनित्रा पुन (का.स.) : ९७४१४९०४५१

Thursday, June 23, 2016

PPH रोकथामको लागि मातृ सुरक्षा चक्की

आजदेखि "बच्चा जन्मिसकेपछि हुनसक्ने अत्याधिक रक्तश्राव रोकथामको लागि मातृ सुरक्षा चक्की" सम्बन्धी म.स्वा.स्व.से.हरुलाई तालिम सुरु भएको छ। तालिमको उद्घाटन रुम स्वास्थ्य चौकीका उपाध्क्ष नन्दु रोका (पुन)ले मैनबत्ती बालेर गर्नु भएको थियो भने तालिममा स्वास्थ्य चौकीका प्रमुख तेजिन्द्र राना, अ.हे.ब. बीर बहादुर पुन, अ.न.मी. शान्ती सुनार लगाएतले प्रशिक्षण दिनुभएको थियो ।










Wednesday, June 15, 2016

तातो पानी पिउनुका फाइदाहरु

बाँच्नका लागि पानी अत्यावश्यक छ । कोही मानिसले चिसो पानी पिउँछन् ,कोही मान्छेले तातो पानी पिउँछन् भने कसैले मनतातो पानी मन पराउँछन् । तर विज्ञहरुले चिसो पानी पिउनुभन्दा तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने बताउँछन् । तातो पानी पिउनुका फाइदा निम्नानुसार छन् :

१. तातो पानीले सरीरको शुद्धिकरण गर्छ।
२. शरीरको पाचन प्रणालीलाई पनि नियमित गर्छ।
३. कब्जियतबाट छुटकारा पाइन्छ।
४. मोटोपना नियन्त्रण हुन्छ।
५. चिसोबाट सुरक्षा गर्दछ।
६. रगतको शुद्धिकरणमा सहयोग पूराउँछ।