गाविस सचिव हकहित संरक्षण केन्द्रले अब बन्ने गाउँपालिकामा २ मेडिकल अधिकृत सहित कम्तिमा ६० जना स्वास्थ्यकर्मी आवश्यक पर्ने अवधारणा सार्वजनिक गरेको छ । हरेक गाउँपालिकामा १२० देखि १९० जना जनशक्ति आवश्यक पर्ने भन्दै केन्द्रले गाउँपालिका अन्तर्गतका स्वास्थ्य निकायमा वडाको सँख्या हेरी ६० देखि १ सय १० जना स्वास्थ्यकर्मी आवश्यक पर्ने जनाएको हो । संविधानले प्रत्याभूत गरेको अधिकार प्रदान गर्न स्थानीय सरकारको आकार र जनशक्ति बढ्ने केन्द्रका अध्यक्ष दामोदर रिजालले बताए । ‘स्थानीय सरकारले नै स्वास्थ्यका आधारभूत सेवा प्रदान गर्ने भएकाले त्यस अनुसार नै अवधारणाको विकास गरी जनशक्तिको प्रस्ताव गरिएको हो,’ उनले भने ।
केन्द्रले अघि सारेको प्रस्ताव अनुसार, गाउँपालिका अन्तर्गत १५ बेडको स्वास्थ्य केन्द्र रहने प्रस्ताव गरिएको छ । यसलाई अस्पतालको रुपमा समेत विकास गर्न सकिने केन्द्रको प्रस्ताव छ । उक्त केन्द्रमा दुई जना मेडिकल अधिकृत(डाक्टर)को दरबन्दी हुनुपर्ने अवधारणा अघि सारेको छ । गाउँपालिकाको केन्द्रमा २ जना हेल्थ असिस्टेन्ट, ३ जना स्टाफ नर्स, ३ जना अनमी, ३ जना अहेव हुनेछन् । फार्मेसी, ल्याब टेक्निसियन, एक्सरे प्राविधिक, मेडिकल रेकर्ड किपर, भ्याक्सिनेसन, डेन्टल असिस्टेन्ट पदमा १–१ जना प्राविधिकको प्रस्ताव छ । उक्त स्वास्थ्य केन्द्रमै आयुर्वेद हेर्ने युनिट पनि रहनेछ । जसका लागि कविराज र बैद्यको दरबन्दी रहनेछ । उक्त केन्द्रमा ३ जना सहयोगी हुनेछन् ।
गाउँपालिका मातहतको स्वास्थ्य केन्द्रले वडा तहमा पनि स्वास्थ्य चौकी रहने खाका तयार भएको छ । यस्ता केन्द्रहरु हरेक वडा कार्यालयहरुमा स्थापना गर्न आवश्यक रहेको गाविस सचिव हकहित केन्द्रले जनाएको छ । स्वास्थ्यचौकीमा १ जना हेल्थ असिस्टेन्ट, २ जना अहेव, २ जना अनमी, १ जना मातृ शिशु कार्यकर्ता र १ जना सहयोगी हुनुपर्ने माग छ । केन्द्रको प्रस्ताव अनुसार, २५ जनाको स्वास्थ्यकर्मीको टोली गाउँपालिकाको केन्द्र रहने १५ शैयाको अस्पतालमा कार्यरत हुनेछ । वडा तहमा ७ जनाको टोली हुनेछ । स्थानीय तह पुनर्संरचना आयोगले हरेक गाँउपालिकामा ५ देखि २१ वडाको परिकल्पना गरेको छ । ५ वडायुक्त गाँउपालिका भएमा केन्द्रमा २५ सहित वडा तहमा ३५ गरी कुल ६० जना स्वास्थ्यकर्मी आवश्यक पर्नेछ । तर १२ वडाको गाउँपालिकामा भने करिव १ सय १० स्वास्थ्यकर्मी आवश्यक पर्ने देखिन्छ ।
[ साभार : स्वास्थ्य खबर पत्रिका ]

No comments:
Post a Comment