शरीर तन्दुरुस्त हुनलाई हाम्रो शरीरमा निरन्तर रक्त प्रवाह भइराख्नु पर्दछ । रक्त प्रवाह हुँदा मुटु प्रत्येक समय फुक्ने र खुम्चिने गर्दछ । मुटु खुम्चिँदा मुटुमा चाप पर्दछ यसलाई नै रक्तचाप भनिन्छ । सामन्यतया रक्तचाप १२०/८० मि.मि. हुनु पर्दछ । अलि अलि तल माथि हुनु सामान्य मानिए पनि माथिको प्रेसर (सिस्टोलिक) ९० मि.मि. भन्दा तल र तलको प्रेसर (डायस्टोलिक) ६० मि.मि. बाट तल झर्नुलाई कम रक्तचाप भनिन्छ। कम रक्तचापलाई मेडिकल भाषामा हाइपोटेन्सन (Hypotension) भन्ने गरिन्छ।
कम रक्तचाप हुनुका कारणहरु
१. शरीरमा पानीको मात्रा घट्नु
२. रगत धेरै बग्नु
३. मुटुको मांसपेशी कमजोर हुनु
४. शरीरको कुनै अंगमा जलन हुनु
५. पोषणको कमी
६. गर्भावस्था
७. मुटुको चाल फरक हुनु
ब्लड प्रेसर कम भएमा बढाउने ६ उपायहरु
१. नुनपानी वा नुनिलो खानेकुरा सामान्य भन्दा केही बढि खानुहोस् । नुनमा भएको सोडियमले रक्तचाप बढाउन सहयोग गर्छ । तर नुनको धेरै मात्रा भने शरीरका लागि हानिकारक हुन्छ।
२. कफीको सेवनले पनि रक्तचाप बढाउँछ । त्यसैले कम रक्तचापको समस्या छ भने विहान तथा दिउसो कफी पिउन नभुल्नुहोस् ।
३. किसमिसको सेवन पनि हाइपोटेन्सनको उपचारको लागि लाभदायक छ । बेलुकी किसमिसलाई पानीमा भिजाउनुहोस् र अर्को बिहान खाली पेटमा त्यसलाई चपाएर खानुहोस् ।
४. अदुवाको प्रयोग गर्नुहोस्। हरेक दिन खाना खानुभन्दा पहिले उक्त अदुवाका केही टुक्रा चपाउने हो भने कम ब्लड प्रेसरको समस्या विस्तारै हट्ददै जान्छ ।
५. खजुरको सेवन पनि निकै लाभदायी हुन्छ । खजुरको नियमित सेवले रक्तचाप बढाएर सन्तुलनमा ल्याउँछ ।
६. अनारको नियमित सेवन पनि निकै फाइदाजनक छ । यसले कम रक्तचापको समस्या पनि न्युनिकरण गर्दछ ।

No comments:
Post a Comment