Sunday, September 25, 2016

मिर्गौलाको पत्थरी : लक्षणहरु

                              मिर्गौलाको मुख्य काम रगतलाई फिल्टर गरी सफा गर्ने र विकार वस्तुलाई पिसाबबाट बाहिर फ्याँक्ने हो । यो क्रममा यदि फिल्टर भएको वस्तुको मात्रा बढ्न गए वा फिल्टर भएर गैसकेपछि पिसाबको वहाबमा कुनै किसिमको अवरोध आएमा वा शरीरभित्रको मेटावोलिजममा समस्या भएमा पत्थरी हुन सक्छ । जन्मजात, वंशाणुगत युरिक एसिड र अक्जालेटको मेटाबोलिजममा गडबड भयो भने पनि मिर्गौैलामा पत्थरी हुने सम्भावना बढी हुन्छ ।

लक्षणहरु
- दाँया बाँया कोखा दुख्नु
- कोखाको दुखाई जाँघतिर सर्नु
- छिटो छिटो पिसाब लाग्नु
- पिसाबले पोलेको जसतो हुनु
- पिसाब बाक्लो तथा रातो हुनु
- ज्वरो आउने
- बान्ता आउला जस्तो हुने
- पिसाबमा रगत देखिने
- जोर्नी दुख्ने

यी लक्षण नदेखिएमा पनि पत्थरी हुनसक्छ । सामान्य व्यक्तिलाई सिटी स्क्यान गर्दा पनि पत्थरी भएको भेटिन्छ । पत्थरी भएर शरीरभित्र असर गरिरहेको हुन्छ तर बाहिरी रुपमा कहिलेकाँही थाहा हुदैन ।

[ साभार : स्वास्थ्य खबरपत्रिका ]

क्यान्सर रोगवाट बच्ने उपायहरु

                           क्यान्सर एक जटिल रोग हो तर पनि करिव ४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिन्छ । एक तिहाई अर्थात ३३ प्रतिशत क्यान्सर समयमा पत्ता लगाएर उपचार गरी निको पार्न सकिन्छ । र बाँकी करीब २७ प्रतिशतलाई पनि उचित उपचारबाट आयु लम्याउन सकिन्छ । क्यान्सर रोगको मुख्य कारक तत्वको खोजी गर्दा बदलिदो जीवनशैली, खानपान, बाताबरणीय प्रभाव प्रमुख रुपमा आउछ । त्यसैले क्यान्सर रोगवाट बच्न निम्न उपायहरु अपनाउन सकिन्छ :

 चुरोट,बिंडी, खैनी, सुर्ती, जाँड, रक्सीको सेवन नगर्ने । 
 पोलेर डढेको मासु र अन्य खानेकुराहरू नखाने ।
☞ बासी, सडेगलेको र ढुसी परेको खानाहरू नखाने । 
☞ अखाद्य रंग, रसायनिक मल, किटनाषक औषधि प्रयोग गरिएका खानेकुराहरू नखाने । 
☞ चिल्लो बोसोयुक्त खानेकुराहरू र धेरै नुन नखाने । 
☞ धुलो,धुवाँ तथा वातावरणीय प्रदुषणबाट जोगिने । 
☞ महिलाहरूले नियमित रुपले गर्भासय स्राव परीक्षण गर्ने । 
☞ स्तनमा गिर्खा,गाँठागुठीे छ–छैन प्रत्येक महिना राम्ररी छामेर हेर्ने र फेला परेमा स्वास्थ्यकर्मीहरुसंग परामर्श लिने । 
☞ दिनहुँ शारीरिक व्यायाम गर्ने, अनावश्यक मोटोपन घटाउने । 
☞ मौसम अनुसारको हरियो सागपात, तरकारी र फलफूल दिनहुँ खाने ।

[ साभार : नेपाली हेल्थ ]



Thursday, September 22, 2016

सुरक्षित गर्भपतन सेवाको गुणस्तर सुधार (COPE) मिटिङ्ग सम्पन्न

                               ज मिति २०७३-०६-०६ गते बिहीबारका दिन यस रुम स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवाको गुणस्तर सुधार  (COPE) मिटिङ्ग सम्पन्न भएको छ। मिटिङ्ग रुम स्वास्थ्य चौकीको अधक्ष्य पुर्ण प्रसाद शर्माको अधक्ष्यता सम्पन्न भएको थियो भने सो मिटिङ्गमा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीकी प.हे.न. लिला गौतम, आइपासकी उपमा बराल, सिफ्पोकी रिता बुढाको पनि उपस्थिती रहेको थियो। साथै आमन्त्रित सदस्यमा अमरज्योती मा.वि.का छात्र सोम बहादुर बुढा र राष्ट्रिय मा.वि.की छात्रा बसन्ती पुनलाई नियुक्त गरिएको थियो।


सुरक्षित गर्भपतन सेवालाई अझै प्रभाबकारी गराउने उद्देश्यले सन्चालन भएको सो मिटिङ्गमा व्यबस्थापन समितिका उपाध्क्ष्य : नन्दु पुन, सदस्यहरु : अमरसिँह पुन, टंक पुन, बिमला रोका, घनदेवी घर्ती, सीता पुन, अहेब : विर बहादुर पुन, अनमी : धनमाया पुन लगाएतको उपस्थिती रहेको थियो भने सन्चालन  स्वास्थ्य चौकीक प्रमुख तेजिन्द्र रानाले गर्नु भएको थियो ।




Wednesday, September 14, 2016

कम रक्तचाप हुनाको कारण र बढाउने उपायहरु

                            रीर तन्दुरुस्त हुनलाई हाम्रो शरीरमा निरन्तर रक्त प्रवाह भइराख्नु पर्दछ । रक्त प्रवाह हुँदा मुटु प्रत्येक समय फुक्ने र खुम्चिने गर्दछ । मुटु खुम्चिँदा मुटुमा चाप पर्दछ यसलाई नै रक्तचाप भनिन्छ । सामन्यतया रक्तचाप १२०/८० मि.मि. हुनु पर्दछ । अलि अलि तल माथि हुनु सामान्य मानिए पनि माथिको प्रेसर (सिस्टोलिक) ९० मि.मि. भन्दा तल र तलको प्रेसर (डायस्टोलिक) ६० मि.मि. बाट तल झर्नुलाई कम रक्तचाप भनिन्छ। कम रक्तचापलाई मेडिकल भाषामा हाइपोटेन्सन (Hypotension) भन्ने गरिन्छ।

कम रक्तचाप हुनुका कारणहरु
१. शरीरमा पानीको मात्रा घट्नु
२. रगत धेरै बग्नु
३. मुटुको मांसपेशी कमजोर हुनु
४. शरीरको कुनै अंगमा जलन हुनु
५. पोषणको कमी
६. गर्भावस्था
७. मुटुको चाल फरक हुनु




ब्लड प्रेसर कम भएमा बढाउने ६ उपायहरु 
१. नुनपानी वा नुनिलो खानेकुरा सामान्य भन्दा केही बढि खानुहोस् । नुनमा भएको सोडियमले रक्तचाप बढाउन सहयोग गर्छ । तर नुनको धेरै मात्रा भने शरीरका लागि हानिकारक हुन्छ।
२. कफीको सेवनले पनि रक्तचाप बढाउँछ । त्यसैले कम रक्तचापको समस्या छ भने विहान तथा दिउसो कफी पिउन नभुल्नुहोस् ।
३. किसमिसको सेवन पनि हाइपोटेन्सनको उपचारको लागि लाभदायक छ । बेलुकी किसमिसलाई पानीमा भिजाउनुहोस् र अर्को बिहान खाली पेटमा त्यसलाई चपाएर खानुहोस् ।
४. अदुवाको प्रयोग गर्नुहोस्। हरेक दिन खाना खानुभन्दा पहिले उक्त अदुवाका केही टुक्रा चपाउने हो भने कम ब्लड प्रेसरको समस्या विस्तारै हट्ददै जान्छ ।
५. खजुरको सेवन पनि निकै लाभदायी हुन्छ । खजुरको नियमित सेवले रक्तचाप बढाएर सन्तुलनमा ल्याउँछ ।
६. अनारको नियमित सेवन पनि निकै फाइदाजनक छ । यसले कम रक्तचापको समस्या पनि न्युनिकरण गर्दछ । 

ब्लड प्रेसर हाई भएकाले जान्नैपर्ने ८ कुराहरु

                         के तपाईलाई ब्लड प्रेसर हाईको समस्या छ। यदि छभने सधै याद गर्नुहोस्, यी ८ कुराहरु :

१. रक्तचाप नियन्त्रण नभएको मानिसले रक्सी सेवन गरेमा मष्तिस्कघात हुने सम्भावना एकदम बढी हुन्छ । त्यसैले मदिराको सेवन नगरौ ।
२. २० वर्षभन्दा कम उमेरमा पनि उच्च रक्तचाप देखिन सक्छ, जस्लाई सेकेन्ड्री हाइपरटेन्सन भनिन्छ ।
३. पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउँछ जस्तै :- सुन्तला, कागती, मौसम, केरा र ताजा फलफूल आदि ।
४. उच्च रक्तचाप देखिने बित्तिकै औषधि सुरु गर्नु हुँदैन । तर असर देखिएमा डाक्टरको सल्लाहअनुसार औषधि सुरु गर्नुपर्छ ।
५. औषधि आफूखुसी छाड्नु हुँदैन ।
६. जीवनशैली परिवर्तन पछि रक्तचाप नियन्त्रणमा आएमा विशेषज्ञको निगरानीमा औषधि बन्द गर्न सकिन्छ ।
७. मुटुरोग विशेषज्ञको सल्लाह बिना औषधि सेवन गर्नुहुँदैन ।
८. गर्भवति महिलालाई उच्च रक्तचाप देखिएमा तुरुन्त विशेषज्ञको सल्लाह लिनुपर्छ ।

[ साभार : स्वास्थ्य खबरपत्रिका ]


Tuesday, September 13, 2016

गाउँपालिकामा २ डाक्टर सहित कम्तिमा ६० स्वास्थ्यकर्मी

                            गाविस सचिव हकहित संरक्षण केन्द्रले अब बन्ने गाउँपालिकामा २ मेडिकल अधिकृत सहित कम्तिमा ६० जना स्वास्थ्यकर्मी आवश्यक पर्ने अवधारणा सार्वजनिक गरेको छ । हरेक गाउँपालिकामा १२० देखि १९० जना जनशक्ति आवश्यक पर्ने भन्दै केन्द्रले गाउँपालिका अन्तर्गतका स्वास्थ्य निकायमा वडाको सँख्या हेरी ६० देखि १ सय १० जना स्वास्थ्यकर्मी आवश्यक पर्ने जनाएको हो । संविधानले प्रत्याभूत गरेको अधिकार प्रदान गर्न स्थानीय सरकारको आकार र जनशक्ति बढ्ने केन्द्रका अध्यक्ष दामोदर रिजालले बताए । ‘स्थानीय सरकारले नै स्वास्थ्यका आधारभूत सेवा प्रदान गर्ने भएकाले त्यस अनुसार नै अवधारणाको विकास गरी जनशक्तिको प्रस्ताव गरिएको हो,’ उनले भने ।



केन्द्रले अघि सारेको प्रस्ताव अनुसार, गाउँपालिका अन्तर्गत १५ बेडको स्वास्थ्य केन्द्र रहने प्रस्ताव गरिएको छ । यसलाई अस्पतालको रुपमा समेत विकास गर्न सकिने केन्द्रको प्रस्ताव छ । उक्त केन्द्रमा दुई जना मेडिकल अधिकृत(डाक्टर)को दरबन्दी हुनुपर्ने अवधारणा अघि सारेको छ । गाउँपालिकाको केन्द्रमा २ जना हेल्थ असिस्टेन्ट, ३ जना स्टाफ नर्स, ३ जना अनमी, ३ जना अहेव हुनेछन् । फार्मेसी, ल्याब टेक्निसियन, एक्सरे प्राविधिक, मेडिकल रेकर्ड किपर, भ्याक्सिनेसन, डेन्टल असिस्टेन्ट पदमा १–१ जना प्राविधिकको प्रस्ताव छ । उक्त स्वास्थ्य केन्द्रमै आयुर्वेद हेर्ने युनिट पनि रहनेछ । जसका लागि कविराज र बैद्यको दरबन्दी रहनेछ । उक्त केन्द्रमा ३ जना सहयोगी हुनेछन् ।

गाउँपालिका मातहतको स्वास्थ्य केन्द्रले वडा तहमा पनि स्वास्थ्य चौकी रहने खाका तयार भएको छ । यस्ता केन्द्रहरु हरेक वडा कार्यालयहरुमा स्थापना गर्न आवश्यक रहेको गाविस सचिव हकहित केन्द्रले  जनाएको छ । स्वास्थ्यचौकीमा १ जना हेल्थ असिस्टेन्ट, २ जना अहेव, २ जना अनमी, १ जना मातृ शिशु कार्यकर्ता र १ जना सहयोगी हुनुपर्ने माग छ । केन्द्रको प्रस्ताव अनुसार, २५ जनाको स्वास्थ्यकर्मीको टोली गाउँपालिकाको केन्द्र रहने १५ शैयाको अस्पतालमा कार्यरत हुनेछ । वडा तहमा ७ जनाको टोली हुनेछ । स्थानीय तह पुनर्संरचना आयोगले हरेक गाँउपालिकामा ५ देखि २१ वडाको परिकल्पना गरेको छ । ५ वडायुक्त गाँउपालिका भएमा केन्द्रमा २५ सहित वडा तहमा ३५ गरी कुल ६० जना स्वास्थ्यकर्मी आवश्यक पर्नेछ । तर १२ वडाको गाउँपालिकामा भने करिव १ सय १० स्वास्थ्यकर्मी आवश्यक पर्ने देखिन्छ ।

[ साभार : स्वास्थ्य खबर पत्रिका ]

Thursday, September 8, 2016

पि.सी.भी. (PCV) खोप

                 पि.सी.भी (PCV) खोपले न्यूमोनिया रोग बिरुद्ध सुरक्षा प्रदान गर्दछ । पि.सी.भी खोप न्यूमोकोकस नामक व्याक्टेरियाबाट तयार गरिएको खोप हो । पिसीभीको पुरा रुप Pneumococcus Conjugated Vaaccine हो। यो तयारी झोलको रुपमा १० मात्राको भाइलमा उपलब्ध हुन्छ ।

खोप दिने उमेर
यो पहिलो मात्रा ६ हप्तामा, दोस्रो मात्रा १० हप्तामा र तेस्रो मात्रा १४ हप्तामा गरी तीन पटक दिइन्छ । यो खोप ०.५ मि.ली.मात्रा दिइन्छ ।

खोप दिने स्थान
यो खोप बायाँ तिघ्राको माथिल्लो भागमा दिनुपर्दछ ।

दिनुपर्ने मात्रा 
तीन मात्रा (६ हप्तामा, १० हप्तामा र १४ हप्तामा)

खोप दिने तरीका
यो खोप मासुभित्र दिनुपर्दछ । खोप दिनु अगाडि शिशुलाई सही आसनमा राखी सूईलाई ९० डिग्रीको कोण
पारी मासुभित्र दिइन्छ ।

दिन नहुने अवस्था 
अघिल्लो मात्रा दिंदा कडा प्रतिक्रिया (Anaphaylactic Reaction) भएको अवस्थामा

आमा/अभिभावकलाई सुझाब
 पि.सी.भी खोप लिएपछि प्रायःजसो केटाकेटीहरूलाई ज्वरो आउन सक्छ ।
 खोप लगाएपछि ज्वरो आएमा वा सुई लगाएको स्थानमा सुन्निएमा प्यारासिटामोल दिन सकिन्छ ।
 खोप लगाएका प्रायःजसो केटाकेटीहरूलाई सुई दिएको ठाउँमा दुख्ने, रातो हुने अथवा सुन्निने
हुनसक्छ । तर कहिलेकाँही बच्चा ३ घण्टा भन्दा बढी समयदेखि लगातार रोइरहेमा स्वास्थ्यकर्मीसँग
तत्काल सम्पर्क गर्नुपर्दछ ।

बिसिजी (BCG) खोप

                    बि.सि.जी. खोपले बच्चाहरूलाई क्षयरोग विरुद्ध सुरक्षा प्रदान गर्दछ । वि.सि.जी. को पूरा अर्थ व्यासिलस क्यालमेट ग्यूरिन (Bacillus Calmatte Guerine) हो । व्यासिलसले ब्याक्टेरीयाको आकार बुझाउँछ भने क्यालमेट र ग्यूरिनले यो खोप पत्ता लगाउने व्यक्तिहरूको नाम बताउँछ ।  यो खोप कमजोर पारिएको जिवित जिवाणु (Live Attenuated) वाट बनाइएको हुन्छ ।

खोप दिने उमेर
यो ०.०५ मि.ली. बच्चा जन्मनेवित्तिकै देखि एकबर्षको उमेरभित्र एक पटक दिइन्छ ।

दिनुपर्ने मात्रा 
एक मात्रा

खोप दिने स्थान
दायाँ पाखुराको माथिल्लो बाहिरी भाग ।

खोप दिने तरीका
यो खोप छालामा दिइन्छ । खोप दिनु अगाडि शिशुलाई सही आसनमा राखी सूईलाई १५० कोणमा राखी
छालामा दिनुपर्दछ ।

खोप दिन नहुने अवस्था
 एच.आई.भी संक्रमित शिशुहरु
 सिकिस्त विरामी (तर निको भइसकेपछि दिनुपर्दछ),
 कडा कुपोषण

आमा/अभिभावकलाई सुझाब
 खोप दिएको स्थानमा माड्नुहुँदैन साथै अन्य कुनैपनि चीज जस्तै तेल साबुन आदि पार्नुहुँदैन ।
 बि.सि.जी. सुई दिएको स्थानमा धेरैजसो बच्चाहरूमा प्रतिक्रिया स्वरुप पाक्न जान्छ । यो २ हप्तासम्म रहनसक्छ ।
 साधारणतया बि.सि.जी. खोप दिएको स्थानमा सानो डल्लो/फोका जस्तो देखापर्दछ ।
 खोप पश्चात् छाला पाक्नु भनेको रोगसँग लड्ने शक्ति प्राप्त गरेको चिन्ह हो ।

Sunday, September 4, 2016

जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा करार सेवामा २४ अनमी, ८ अहेवको माग

                    जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले ए.आर.टी. काउन्सिलर १ जना, अ.न.मी. २४ जना, अ.हे.व. ८ जना र कम्प्युटर सहायक १ जना करार सेवाको लागि माग गरेको छ। कार्यालयले २०७३-०५-१७ गते सो सुचना प्रकाशित गरी दर्खास्त आह्वान गरेको हो। दर्खास्त दिन शैक्षिक योग्यता भएका इच्छुक उम्मेदारले यो सुचना प्रकाशित गरेको १५ दिन भित्र दर्खास्त बुझाउन वा सम्पर्क गरिसक्नु पर्नेछ।

(C) Ruma Health Post.